
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै स्कुल बसमा आगजनी भएको छ । आइतबार बिहान विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरु सबै फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।














