Logo
Logo

रन्जु यादवले डेनमार्कमा बालबालिकालाई मिथिला चित्रकला सिकाउँदै


126
Shares

काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रवार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएका हुन् । 

चित्रकार यादव अहिले तेत्तिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैर आवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रवार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।

आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरूले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।

युरोपका देशहरूमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव वैशाख ६ गतेदेखि युरोप भ्रमणमा छन् । जर्मनीको फ्र्यान्कफर्टमा वैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै वैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । यसपछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।

‘यो मेरो लागि खुसी र गौरवको क्षण हो कि मैले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रकला सिकाउने अवसर पाएँ,’ यादवलले भने, ‘मिथिला चित्रकलाप्रति आकर्षित भएर बालबालिकाका अभिभावकहरूले पनि मसँग मिथिला चित्र सिकेका थिएँ ।’  

राजधानी कोपनहेगनमा एक दिवसीय मिथिला कला वर्कसपको आयोजना एनआएन डेनमार्कले गरेको थियो । विदेशी भूमि र त्यसमा पनि नेपालभन्दा धेरै टाढा युरोपको एउटा देशमा नेपालको गौरव मिथिला चित्रकलालाई विस्तार र प्रवर्द्धन गर्ने अवसर पाउनु मेरो लागि मात्र होइन, नेपाली चित्रकला जगतकै लागि ठूलो खुसी र गौरवको कुरा हो । 

प्रतिक्रिया दिनुहोस्