Logo
Logo

नौ वर्षीया श्रेजुको र्‍याप गीत ‘जय होस’ सार्वजनिक (भिडियोसहित)


315
Shares

काठमाडौं । बालगायिका श्रेजु वाग्लेको स्वर रहेको र्‍याप गीत ‘जय होस’को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी, सांसद डा. रेखा यादव, प्रसिद्ध र्‍याप गायक निर्णय श्रेष्ठ (एनएसके) तथा विश्व किर्तिमान एवं बरिष्ठ पत्रकार हरि गोपाल प्रधानले ‘जय होस्’ भिडियोलाई संयुक्तरुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा मन्त्री चौधरीले श्रेजुको प्रसंशा गर्दै शुभकामना दिएकी थिइन् । यस्तै, बरिष्ठ पत्रकार हरि गोपाल प्रधानले आफ्नो नयाँ गीतमा श्रेजुको स्वर र ¥याप राख्ने प्रतिवद्धता जनाए । र्‍याप गायक निर्णय श्रेष्ठ (एनएसके)ले पनि गायिका श्रेजुलाई शुभकामना दिएका छन् ।

शेखर वाग्ले (सिड)को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, वरिष्ठ र्‍याप गायक निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।

९ वर्षका श्रेजुले नेपाली र संस्कृत भाषामा गाएको यो गीत नेपालमै सम्भावित पहिलो हुनसक्छ । उक्त गीतको भिडियो बाबा–छोरी युट्युव च्यानलमा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्