Logo
Logo

गोली लागेर एक महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २८ चैत । जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली लागेर मृत्यु भएको छ । बुधबार राति ३३ वर्षीया सुन्तु रोकायालाई घरमै राखिराखेको भरुवा बन्दुक पट्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

भरुवा बन्दुक भैसी गोठमा राखिएकाले एकाएक पट्कीएपछि सुन्तु मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए । उनको मृत्यु बुधबार भएको भएपनि विहीबार मात्र माईती पक्षले प्रहरीलाई जानकारी आएको भट्टले जानकारी दिए । जानकारी पश्चात गौमुल गाउपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानको लागि प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थल पुगिसकेको छ भने थप अनुसन्धानको लागि अहिले प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राई नेतृत्वको टोली पनि सदरमुकाम मार्तडीबा गौमुल तिर लागको छ । घटना के कति कारणले भएको हो, थप बिबरण प्रहरी नायवउपरिक्षको टोली पुगेपछि थाहा हुने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

आगलागीमा परेर एक बालिकाको मृत्यु

बुढीनन्दा नगरपालिका ९, पाण्डुसैनमा आगोले पोलिएर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हनेमा दलबहादुर बोगटीकी ४ वर्षिया छोरी आसामा बोगटी रहेकी छन् । उनको बुधबार घर नजिकैको परालको कुन्यूमा आगलागी भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

आसामा बोगटीसंगै एक जना अर्का बालिका भने आगोबाट बाँच्न सफल भएको रोकायाले बताएका छन् । बोगटीलाई आगोले पोलपछि शक्त घाईते अवस्थामा फेला पारीएको हो । पोलिएको केही समयमै उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

बालिकाको मृत्युको खबर पश्चात प्रहरी निरीक्षक दानबहादुर रोकाया नेतृत्वको टोली घटना स्थल पुगेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईदै गरेको प्रहरीले जानकारी दिएको छ । आगो कस्ले र किन लगाएथप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्