Logo
Logo

मस्कटमा आज ‘राई इज किङ’ राजेशपायलकाे धमाका


7.4k
Shares

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईले आज ओमनको मस्कटमा धमाका मच्चाउँदै छन् । त्यसका लागि उनी ओमनस्थित मस्कट पुगिसकेका छन् ।

नेपाल किरात समाज ओमनले आयोजना गर्न लागेको कार्यक्रमका लागि ओमन पुगेका ‘राई इज किङ’का रुपमा चर्चित राजेपायललाई त्यहाँ भव्य स्वागत गरिएका थियो । ओमनमा पहिलोपटक राई र लिम्बूको संस्थाले मिलेर सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

This image has an empty alt attribute; its file name is Rajesh-rai.jpg

राजेशपायल राई केही साताअघि मात्र कुर्दिस्तानको कार्यक्रममा प्रस्तुत भएर नेपाल फर्केका थिए । इराकको कुर्दिस्तानमा भने त्यो राजेशपायलको पहिलो सांगीतिक कार्यक्रम थियो । देशमा भन्दा विदेशमा व्यस्त रहँदै आएका राजेशपायल राई स्टेज कार्यक्रममा सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् ।

नेपाली सांगीतिक क्षेत्रका एक मात्र ‘मेगास्टार’ राजेशपायलले आजको कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जनको हाराहारीमा गीत प्रस्तुत गर्ने बताए ।

बिहीबार साँझ नै मस्कट पुगेका राजेशपायलले अनलाइन कुराकानीमा भने, ‘आज यहाँको समयअनुसार ३ बजे कार्यक्रम सुरु हुँदैछ । आजको कार्यक्रममा ३० देखि ३५ वटासम्म गीत प्रस्तुत गर्दैछु ।’ ओमनमा विभिन्न कामको सिलसिलामा नेपाली पुगेका छन् । जहाँ सयौँ रोजगारीका क्रममा ओमन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्