Logo
Logo

आरएनबी शैलीमा ‘माया’ लिएर आए भी लेन ३९ (भिडियो)


252
Shares

काठमाडौं । र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएनबी शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन् । गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ ।

भी लेन ३९ आफैं अभिनीत गीतको म्युजिक भिडियोलाई लिथ डेलले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन् ।

यसअघि थुप्रै अन्य कलाकारसँग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्यापर भी लेन ३९ ले आफ्नो यो प्रस्तुति पनि दर्शकले मन पराउने आशा राखेका छन् । गीतको म्युजिक भिडियो आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्