Logo
Logo

यी बालबालिकालाई प्रशिक्षण दिँदै दिक्पाल कार्की


1.4k
Shares

काठमाडौं । ‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल–२०२४’मा ३० जना बालबालिका तथा किशोर किशोरीहरु प्रतिस्पर्धा गरिरहेका छन् । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा एकसाथ दुई शीर्ष उपाधि विजेता घोषाणा हुनेछ ।

प्रतियोगिताका सिनियरतर्फ एकजना र जुनियरतर्फ एकजना विजेता घोषणा गरिने आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले बताइन् । साथै, प्रतियोगीहरुले विभिन्न सवटाइटल पनि प्रदान गरिने छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा ज्ञानेश्वरस्थित असार १ गते ग्यालेक्सी पब्लिक स्कुलको हलमा हुने कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् । उनका अनुसार हाल प्रतियोगीहरुलाई कोरियोग्राफर तथा मोडल दिक्पाल कार्कीले ग्रुमिङ कक्षा दिइरहेका छन् । जस अन्तर्गत क्याटवाकलगायत आत्मविकास सम्बन्धी प्रशिक्षण दिँदै आएको छ ।

इभेन्ट संस्था स्पार्कल इन्टरटेनमेन्टले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ । तर, बालबालिकाका लागि पहिलोपटक यो इभेन्ट आयोजना गर्न लागेको हो । स्कुलमा अध्ययनरत स–साना नानीहरुको आत्मविकास र अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्