Logo
Logo

दिनेशको निर्देशनमा बन्यो ‘आखुम आखुम’ (भिडियोसहित)


2k
Shares

काठमाडौं । दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूले गाएको रोमान्टिक गीत ‘आखुम आखुम’को भिडियो सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीत कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत रहेको यस भिडियालाई संगम लिम्बू अफिसियल य्ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्