Logo
Logo

नेपाल प्रहरीका १६९ असई सईमा बढुवा सिफारिस


441
Shares

काठमाडौं । नेपाल प्रहरीका १ सय ६९ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले मंगलबार जनपद प्रहरी समूहतर्फका १ सय ६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने पहिलो नम्बरमा अवरेन कुमार राय, दोस्रोमा सौगात कुँवर, तेस्रोमा मिलन जिसी, ज्ञानु खड्का, प्रकाश गौतम राजेन्द्र थापा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्