Logo
Logo

मिलन नेवारले गाइन् मारुनी ‘मन परेको मान्छे’ (भिडियोसहित)


882
Shares

काठमाडौं । चर्चित गायिका मिलन नेवार मारुनी गीतमा देखिएकी छन् । विशेषगरी सुगम गीतका लागि चर्चित मिलनले यस पटक ‘मन परेको मान्छे’ बोलको मारुनी गीत गाएकी हुन् । गीतको भिडियोमा मिलनले नै अभिनय तथा नृत्य गरेकी छन् ।

पूर्वतिरको लोकप्रिय मारुनी भाकामा गाइएको यस गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ । गायक देवेश राईको संगीत संयाजन रहेको यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

सुमधुर स्वर धनी गायिका मिलनलाई यस गीतको भिडियोमा बरिष्ठ नृत्य निर्देशक कमल राई छमछमी नचाएका छन् । मिलनको नृत्य कुनै व्यवसायी नृत्यकार एवं अभिनेत्रीको पनि छ्रन् । यसमा नृत्य निर्देशक कमल राई निकै मिहिनेत गरेको देखिन्छ । यस गीतलाई गायिका मिलन नेवारले आफ्नो अफिसियल युट्युब च्यानल देवीथानमार्फत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्