Logo
Logo

भ्रष्टाचार गर्दिनँ भनेर शपथ खानुपर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ सबै जसो सरकारी कार्यालयहरुमा आजभोलि यस्तो सूचना देख्न पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा यस्तो यसरी भ्रष्टाचार गर्दिन भनेर सूचना टाँसे पनि सरकारी कार्यालयहरुमा भ्रष्टाचार मौलाउँदो छ । कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्म सबै जसरी हुन्छ व्यक्तिगत स्वार्थ पूरा गर्ने अभियानमा लागेपछि भ्रष्टाचार कसरी नियन्त्रण होला ? अर्काेतर्फ देशका सबैजसो मन्त्रीहरु कर्मचारीभन्दा लोभी छन् ।

गृह मन्त्रालयमा भने कर्मचारीमा सुधार ल्याउन नयाँ कार्यक्रम लागू गरेको छ । जुन कर्मचारीकै लागि मजाकको विषय बनेको छ । गृह मन्त्रालय अन्र्तगतका निजामती कर्मचारीले भने सदाचारी बन्छु भनेर सपथ नै खानुपर्ने नियम बनाइएको छ । तर, मन्त्रालयमै यसको पालना भएको छैन ।
गत मंसिर १ गतेदेखि ‘सदाचार संहिता’ लागू गरिएको छ । जसअनुसार सबै कर्मचारीले आफूभन्दा एक तह माथिल्लो कर्मचारीबाट सदाचारी बन्छु भनेर सपथ खानुपर्ने उल्लेख छ । सपथको व्यहोरो यस्तो छ,’
‘म…पदमा कार्यरत …ले प्रचलित नेपाल कानून बमोजिम निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण र अनुशासनका साथसाथै गृह मन्त्रालयले लागू गरेको ‘गृह मन्त्रालय र अन्तर्गतका कर्मचारीले पालना गर्नुपर्ने सदाचार संहिता, २०७५” का प्रावधानहरु समेत इमान्दारीपूर्वक मन, बचन र कर्मले सम्मान र पालना गर्ने प्रण गर्दै यो सपथ ग्रहण गर्दछु ।’
सदाचार संहितामा राजनीतिक टिप्पणी गर्न नहुने, भोजभतेर जस्ता सामाजिक कार्यमा कानून मिच्न नहुने, कार्यालय समयमा समाजिक सञ्जालमा रमाउन नपाइने, गीत सुन्न नपाइने जस्ता विषयहरुसमेत छन् । २० बुँदे यो संहिता मन्त्रालयमै मजाकको विषय भएको छ । कसैले पनि यसअनुसार न त माथिल्लो तहका कर्मचारीबाट सपथ लिएका छन् न त त्यसलाई कार्यान्वायन भएको छ । अझ संहितामा सेवाग्राहीबाट कुनै पनि उपहार लिन नमिल्ने बुँदा समेत छ, तर मन्त्रीको सचिवालयमा दैनिक जसो उपहारको लेनदेन हुने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्