Logo
Logo

फेसन फेस्टिभलको रनवेमा यस्ता देखिए मोडलहरु (फोटोफिचर)


441
Shares

काठमाडौं । फेसन नेटवर्क नेपालले शुक्रबारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आइतवार साँझ समापन भएको छ । यो फेस्टिभलको दोस्रो दिन शनिबार झण्डै दुई हजार व्यक्तिहरुले अवलोकन गर्नुका साथै विभिन्न गतिविधिमा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

फेसन नेटवर्क नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको नेपाल फेसन फेस्टिभलमा शनिबार डिजाइनर रनवेदेखि फोटो टकसम्मका कार्यक्रम आयोजना गरिएको थियो ।

फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारको सुपरिवेक्षण तथा नेतृत्वमा फेस्टिभलमा शनिवार साँझ डिजाइनर रनवेमा मोडलहरुले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनरहरुले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरु प्रदर्शन गरेर उपस्थित सयौं दर्शकलाई मोडल तथा डिजाइनरहरुले प्रभावित बनाए ।

फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्टेटिक्सको प्रस्तुति रह्यो । यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरुले प्रारम्भ र्याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गर्न थालेका थिए ।

फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरु प्रस्तुत गरियो । यो सिक्वेन्समा मोडलहरु दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनाहरुसमेत प्रदर्शन गरेका थिए ।

तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएको थियो । यो सिक्वेन्समा डिजाइनर श्रेष्ठले तयार पारेका आकर्षक पहिरनलाई दर्शकले मन पराएको पाइयो ।

चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले निकै मेहनत गरेर तयार पारेका विभिन्न शैलीका पहिरनहरु प्रदर्शन गरिएको थियो । त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोको अन्तिम सिक्वेन्समा नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्याथीहरुले तयार पारेका आकर्षक पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनरहरुको कल्पनाशीलता स्पष्ट रुपमा पहिरनमा झल्किएको थियो ।

नेपाल फेसन फेस्टिभलको आइतवार अन्तिम दिन पनि डिजाइनर रनवे आयोजना गरिएको छ । आइतबारको फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु÷करुणाका पहिरनहरु प्रदर्शन गरिएको रनवे फेसनका निर्देशक तथा संयोजक प्रशान्त ताम्राकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्