Logo
Logo

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा अनिता लिम्बू


2.6k
Shares

काठमाडौं । हालै सम्पन्न विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृँखलामा नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएकी छन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेको तस्बिरहरु उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी पुर्खौली ताप्लेजुङकी अनिताले लण्डन फेसन विक जस्ता थुप्रै अन्तराष्ट्रिय फेसन शोहरुमा वाक गरिसकेकी छन् । विश्व चर्चित टेलिभिजन रियालिटी शोमा समेत सहभागिता जनाइसकेकी अनिताले विशेषगरी म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी छन् । उनले केही हलिउडको म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

अन्तर्राष्ट्रिय मोडलको ख्याती कमाएकी मोडल अनिता लिम्बूको नेपाली फिल्ममा काम गर्ने इच्छा छ । केही समयअघि दृष्टिसँगको कुराकानीमा उनले आफूले सोचेजस्तो विषयवस्तुमा निर्माण हुने नेपाली फिल्मका लागि अफर आए अभिनय गर्न तयार रहेको बताएकी थिइन् । अहिले पनि फिल्ममा अभिनय गर्ने रुची कायमै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्