Logo
Logo

उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । उदयपुरको त्रियुगामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृतयु भएको छ । मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार दिउँसो टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवक र एक युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेलका नगरपालिका– १ का ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएकी २४ वर्षीया हिरा राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विद्यालाल कुमार साहका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतक श्रेष्ठ र राईको शव पोस्टमार्टमपछि मंगलबार साँझै आफन्तलाई जिम्मा लगाइएको र ठक्कर दिने टिपर र त्यसका चालक त्रियुगा नगरपालिका–७ निवासी ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्