Logo
Logo

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा


1.4k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानअनुसार पदमुक्त नभएको भन्दै हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको हो ।

उनले कोसीका प्रदेश प्रमुखले संवैधानिक पदमा बसेर संवैधानिक भूमिका नभइ सत्ता गठबन्धनको निर्णय कार्यान्वयन मात्र गरेको भन्दै हिक्मतलाई बर्खास्त गर्न पनि माग गरेका छन् ।

केदारले आफू संविधानको धारा १६८(५) अनुसार दलीय आधारमा नभइ व्यक्तिगत उमेदवारीमा सांसदहरूको स्वतन्त्र समर्थनमा मुख्यमन्त्री बनी विश्वासको मत पाएको भन्दै संविधानतः दुई वर्षसम्म आफूमाथि अविश्वासको प्रस्ताव आउन नसक्ने पनि दाबी गरेका छन् ।

कार्कीले सांसदहरूले दिएको समर्थन एमाले र माओवादी केन्द्रले दलीय आधारमा फिर्ता लिन नपाउने भन्दै दुई वर्ष पूरा भएपछि मात्र सरकारको विकल्प खोज्ने बाटो रहेका उनको रिटमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्