Logo
Logo

अमेरिकाले सन्दीपलाई भिसा नदिएको कारण सदनलाई जानकारी गराइयाेस्


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद शंकर भण्डारीले भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’

अमेरिकाले विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाएको थियो । तर, सन्दीपलाई भिसा दिन भने अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्