Logo
Logo

विश्व वातावरण दिवसको अवसरमा भारतीय दूतावासद्वारा वृक्षारोपण कार्यक्रम आयोजना


315
Shares

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको वार्ड नं १ स्थित संकटा पुल, चारधाम मन्दिर परिसरनजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीति दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको पनि सहभागीता थियो । कार्यक्रममा वातावरण संरक्षण र जर्गेनाका लागि विशेष जोड दिइएको थियो ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्न व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा मन्त्री शाह र ललितपुर महानगरपालिकाका मेयरले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीमा जोड दिए । कार्यक्रममा सहभागीले विभिन्न १५० वटा वृक्ष रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्