Logo
Logo

सुनको सिक्री लुटेर किनबेच गर्ने तीन जना पक्राउ


504
Shares

काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएर हाल कपुरधारा बस्ने ३८ वर्षीया उषा विष्ट, सर्लाही घर भएर हाल काठमाडौं बस्ने रामहरि खड्का र हरि शंकर चौधरी रहेका छन् ।

प्रहरीका अनुसार कविराज नेपालीले घाँटीमा लगाएको सुनको सिक्री वैशाख ३० गते विष्टले सुन्धाराबाट लुटेर भागेका थिए ।

सिक्री लुटिए लगत्तै कविराजले दिएको जाहेरीका आधारमा प्रहरी परिसर काठमाडौंको टोलीले विष्टलाई माछापोखरीबाट पक्राउ गरेको हो ।

त्यस्तै, विष्टले लुटेका सिक्री रामहरि खड्काले हरि शंकर चौधरीलाई बेचेका थिए । यसरी सुन लुटपाटदेखि खरिदबिक्रीसम्मको कनेक्सन देखिएपछि तीनैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्