Logo
Logo

बजेट वास्तविक धरातलमा नआएको गगनको टिप्पणी


189
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको टिप्पणी गरेका गरेका छन् ।

बजेटको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसद थापाले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे । बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे ।

छलफलमा भाग लिँदै थापाले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ । वातविकतामा आधारित छैन । यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ । आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउँछु भन्नु भएको छ त्यसको आधार के ? बहुमत छ, पास गरिदिन्छु भन्ने सोचे छ । आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन् । पास भइहाल्छ भनेर बजेट ल्याइएको छ ।’

उनले बजेटको आलोचना गर्नुभन्दा पनि अर्थमन्त्रीलाई प्रश्न सजिलो भएको उल्लेख गरे । अहिले विरोध गरे पनि कार्यान्वयन गर्ने बेला आफैले काँध हाल्नुपर्ने हो कि भन्दै थापाले व्यंग्य गरे । उनले बजेटमा सबैभन्दा ठूलो अभाव विश्वसनीयता रहेको बताए । बजेट निर्माणमा प्रधानमन्त्री उदासीन रहेकाले कार्यान्वयन हुनेमा उनले आशंका समेत जनाए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा समेत दिए ।

बैठकमा उनले भने, ‘अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नु भयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ रु’ उनले बजेटमाथि नराम्रो टिप्पणी गर्दा ६(८ महिनापछि आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताए । प्रधानमन्त्री र अर्थमन्त्रीले आफूहरूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीले असन्तुष्टि जनाएको सन्दर्भमा गगनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्