Logo
Logo

छात्रवृत्ति अनिवार्य दिन बोर्डिङ स्कुलहरुलाई काठमाडौं महानगरको निर्देशन


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरुमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको हो ।

महानगरका अनुसार यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका छन् । त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्