Logo
Logo

विश्वकपमा पपुवा न्यूगिनीलाई हराउँदै युगान्डा विजयी


1.7k
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।

पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८.१ ओभरमा भेटायो । लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो ।

रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए । अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्