Logo
Logo

वीरगञ्जमा १० घन्टादेखि बिजुली आपूर्ति अवरुद्ध


756
Shares

पर्सा । गएराति आएको हावाहुरीले विजुलीको पोल ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्मी याममा बिजुली नहुँदा १० घन्टादेखि यहाँको जनजीवन प्रभावित भएको छ ।

बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बताए ।

उनले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्