Logo
Logo

टी-२० विश्वकपमा अष्ट्रेलियासँग ओमान पराजित


1.1k
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अष्ट्रेलियाले ओमानलाई पराजित गरेको छ । आज (बिहीबार) बिहान भएको आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र शकील अहमदले ११ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका मार्कस स्टोनिसले ३, मिचेल स्टार्क, नाथन एसिस र एडम जाम्पाले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्