Logo
Logo

टी-२० विश्वकपमा आज अमेरिका र पाकिस्तान भिड्दै


2.6k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज पाकिस्तान र आयोजक राष्ट्र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेयरी रङ्गशालामा नेपाली समय अनुसार, राति सवा ९ बजेबाट सुरु हुनेछ ।

पाकिस्तान र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा भारत, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । पाकिस्तानबाहेक सबै टोलीले आफ्नो एक–एक खेल खेलिसकेका छन् । उक्त समूहको पहिलो खेलमा अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाई सात विकेटले हराएको थियो ।

अर्को खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । त्यसैले आजको खेलमा पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ । अमेरिका भने बलियो टेस्ट राष्ट्रलाई हराउँदै लगातार दोस्रो जितसहित सपुर–८ चरणको यात्रा सहज बनाउने धुनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्