Logo
Logo

मधेशमा मुख्यमन्त्रीको शपथ ११ बजे


2.3k
Shares

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गर्दैछन् ।

एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा नयाँ सरकार बनाउन लागेको हो । मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बसेको ६ वटै दलको बैठकले आज विहान सरकारको दावी पेश गरिने निर्णय गरेको थियो ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष विहान दावी पेश गरिने र बिहान ११ बजे शपथ ग्रहण हुने जानकारी दिए ।

प्रदेशका ६ दलिय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ । जसअनुसार जनमतले सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । सिंह सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि बुधवार राति प्रदेश प्रमुख भण्डारीले शुक्रवार विहान १० बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्