Logo
Logo

एमाले काठमाडौंको अधिवेशन भोलिदेखि, ओलीले उद्घाटन गर्ने


2.1k
Shares

काठमाडौं । नेकपा एमालेको काठमाडौं जिल्ला अधिवेशन भोलि (शनिबार)देखि सुरु हुने भएको छ । काठमाडौं जिल्लाको ७ औं अधिवेशन यहि जेठ २६, २७ र २८ गते भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ ।

अधिवेशनमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने छन् । अधिवेशनमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

यो अधिवेशनले राष्ट्रिय राजनीति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा व्यवस्था भए अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्