Logo
Logo

सतिशकुमारद्वारा मधेशको मुख्यमन्त्रीमा दाबी पेश


693
Shares

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन् । उनले ५ दलीय गठबन्धनमा आवद्ध ५५ सांसदको हस्ताक्षरसहित शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक–एक प्रदेशसभा सदस्य रहेको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिले पनि नयाँ सरकारलाइ साथ दिएका छन् ।

मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि हिजो दिनभरि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि सहमति नजुटेपछि दाबी पेस गर्नमा ढिलाइ भएको थियो । प्रदेश प्रमुख समित्रा भण्डारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समयसीमा दिएका थिए ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनको सरकार ढलेको हो । यादवको सरकार अल्पमतमा परेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्