Logo
Logo

आज ६ संसदीय समितिको बैठक बस्दै


567
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने तय भएको हो ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा गृह, अर्थ, कृषि तथा पशुपक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री/सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन,२०८० माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

बिहान साढे ११ बजे उद्योग समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

बिहान साढे ११ बजे नै सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्