Logo
Logo

मधेशमा विमला अन्सारी गृहमन्त्री, अन्य कुन पार्टीलाई कुन मन्त्रालय ?


6.1k
Shares

काठमाडौं । जनमत पार्टीका सतिश सिंहले मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेश गरेका छन् । राति अबेरसम्म बसेको ६ साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि उनले आज बिहानै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् ।

भागबण्डा अनुसार एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक/एक मन्त्रालय परेको छ ।

एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी अर्थ र पर्यटन, नेकपा एस कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने भएको छ ।

यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । योसँगै नेसपाका सांसद विमला अन्सारी तरन्नुम गृह मन्त्री बन्ने पक्का भएको छ ।

जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण र एक विना विभागीय मन्त्री पाउने भएको छ । मधेशमा ११ वटा मन्त्रालय रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका हुन् ।

आजै मन्त्रीको टुंगो लाग्ने र नवनियुक्त मुख्यमन्त्रीसहित उनीहरुको मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख भण्डारीले सपथ गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्