Logo
Logo

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त


1.4k
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका सांसद सिंहलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत ६ दलका ५५ सांसदको समर्थन छ । उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्