Logo
Logo

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । सहकारीको बचत हिनामिना, दुरूपयोग तथा ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे सिंहदबारमा बस्ने भएको हो । बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिए ।

सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको थियो । समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।

समितिका सभापति एमालेका सांसद सूर्य थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्