Logo
Logo

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ


945
Shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जनमत पार्टीका सांसद सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले मैथिली भाषामा शपथ लिएका हुन् ।

६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्राले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । भागबण्डाअनुसार एमालेले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन, नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने नेताहरूले बताएका छन ।

यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्