Logo
Logo

मधेसका मुख्यमन्त्रीको प्राथमिकता: कृषि, शिक्षा, स्वास्थ्य र रोजगार


378
Shares

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले ९ वटा निर्णय गरेका छन् । उनले निर्णय गर्दा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेका छन् ।

मुख्यमन्त्री सिंहले मधेसका सबै पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने बताए छन् ।

मधेसका प्रत्येक जिल्लामा एक÷एक वटा नमुना खुला शैक्षिक पार्क तयार गर्ने उनको घोषणा छ । तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापन गर्ने उनको प्रतिबद्धता छ ।

विदेशबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय गरेकोे उनले बताए । मधेसको चरम भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्