Logo
Logo

गण्डकीका मुख्यमन्त्रीले २८ गते विश्वासको मत लिने


693
Shares

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ ।

पाण्डे यसैको छलफलका लागि बिहीबार काठमाडौं पुगेका थिए । विश्वासको मत पाउने सम्भावना देखेपछि उनले बजेटअघि नै संसद् फेस गर्न लागेको उनीनिकट स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्