Logo
Logo

कुमारी बैंक र युएसआडी ट्रेडबिच सम्झौतामा हस्ताक्षर 


252
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले युएसआडीको अनुदान कोष मार्फत एमएसएमइएस वित्तीय साक्षरता कार्यक्रमलाई सहयोग गर्न युएसआडी ट्रेड एन्ड कम्पिटिटिभनेससँग सम्झौता गरेको छ ।

यस अनुदान कार्यक्रम अन्तर्गत, युएसअडी ट्रेड एन्ड कम्पिटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमइएस माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एमएसएमइएसहरूलाई ‘बैंकिङ÷क्रेडिट रेडी’ संस्थाहरूको रूपमा मद्दत गर्ने लक्ष्य राखेको छ । कुमारी बैंक लिमिटेडको दर्ता कार्यालयमा दुवै पक्षले अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंक लिमिटेडले विगत दुई दशकदेखि आफ्ना ग्राहकहरुलाई नवीन र प्रभावकारी उत्पादन तथा सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउन अग्रगामी गरेको छ । 

यसको देशभर ३०२ शाखा, ४९ वटा एक्सटेन्सन काउण्टर, ५९ शाखारहित बैंकिङ एकाइ र ३१४ एटीएमको सञ्जाल मार्फत छ । साथै, बैंकले मोबाइल बैंकिङ, ओम्नी च्यानल, फोनलोन र क्यूआर भुक्तानी जस्ता नवीनतम डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्दछ । 

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको गतिशील आवश्यकताहरू पूरा गर्न र आगामी दिनहरूमा अझ सरल तर राम्रो तरिकाले उत्कृष्ट बैंकिङ सुविधाहरू उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्