Logo
Logo

अबको तीन वर्ष कांग्रेस प्रतिपक्षमै बस्छ : गगन


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस २०८४ सालको आम निर्वाचनसम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन् ।

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेको बताए । अब तीन वर्षको समय प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने उनको भनाई थियो ।

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्