काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादको बाटो नसमाते नेकपा एमाले टिक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार पार्टीको हेटौँडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता खनालले आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको जिकिर गर्दै एमालेले पनि समाजवादको सिद्धान्त अपनाउनुको विकल्प नभएको दाबी गरेका हुन् ।
‘समाजवादी कार्यक्रम अब हामी महाधिवेशनमार्फत कार्यपद्धति ल्याउँछौँ । एमालेले अहिले पनि जबज भनिरहेको छ,’ उनले भने, ‘तर, अरू पार्टीले समाजवादी कुरा गरिरहेका छन् । एमालेले पनि कुनै समयबाट समाजवादको कुरा गर्नुको विकल्प छैन । समाजवादको कुरा गर्दैन भने एमाले टिक्दैन । त्यो कुरा एमालेले बुझे हुन्छ ।’