Logo
Logo

सबै निकायमा शुद्धिकरण सुरु गर्छौं : अर्थमन्त्री


315
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्न राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताए ।

‘हामीले सफाइ गर्न खोजेको हो,’ उनले भने, ‘हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले शुद्धिकरण अभियानको रुपमा, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने रुपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ । राज्यका सबै निकायहरुमा शुद्धिकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ ।’

भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै उनले अघि भने, ‘सचिव छ, तल उपसचिव छ । तल फाइल उठाउनेलाई पनि कारबाही हुँदैन । सचिवलाई पनि हुँदैन । बीचको उपसचिव, सहसचिवलाई गरिराखेको हुन्छौँ । फाइल उठाउने अधिकृतलाई पनि हुँदैन । त्योभन्दा माथि स्वीकृत गर्नेलाई पनि हुँदैन । यस्तो हुँदैन हाम्रोमा । हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्