Logo
Logo

पाल्पामा करणी गरेको आरोपमा एक जना पक्राउ


630
Shares

पाल्पा । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाई शुक्रबार किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्