Logo
Logo

कर्णालीको झोलुंगे पुलमा फसे १३ खच्चड


819
Shares

दैलेख । कर्णाली नदीको झोलुंगे पुलको जाली चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । आइतबार बिहान अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमै अड्किएका हुन् ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालका अनुसार पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका छन् । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई जोड्छ ।

डीएसपी दाहालले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको बताए । उनले उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको बताए ।

उनले भने, ‘त्यहाँको अवस्था हेर्दा सुरक्षा निकायको टोली र स्थानीयको प्रयासमा केहि गर्न सकिने अवस्था छैन् । पुलको प्राविधिक टोलीलाई बोलाएर चुँडिएको लट्ठा सिधा पार्न सकिन्छ कि भनेर पहल भइरहेको छ ।’ पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्