Logo
Logo

मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव माग


189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिको तयारी थालेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै सरोकारवालासँग राय सुझाव मागेको हो ।

राष्ट्र बैंकले असार १६ गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम केन्द्रिय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्