Logo
Logo

कर्णालीमा फसेका ११ खच्चडको सकुशल उद्धार, दुईको मृत्यु


504
Shares

कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ । पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ । २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ ।

आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए । पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो ।

दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए ।

दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ । फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो। ती मध्ये ८ वटाको सकुशल उद्धार भयो । बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाँकी रहेका तीनवटा खच्चडलाई भने पुलबाटै बाहिर निकालिएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्