Logo
Logo

खच्चडको उद्धारपछि पुलमा आवतजावत बन्द, स्कुल गएका विद्यार्थी घर फर्किन पाएनन्


441
Shares

अछाम । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका सबै खच्चडको उद्धार कार्य सकिएको छ । पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार भएको छ । २ वटालाई भने बचाउन नसकिएको प्रहरीले बताएको छ ।

आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए । पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो ।

दैलेख र अछाम जोड्ने यो पुलका तारजाली कमजोर भएर चुँडिएसँगै चामल बोकेर फर्किएका खच्चडहरू फसेका थिए ।

दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालका अनुसार, सबै खच्चडको उद्धार सकिएको छ । फसेकामध्ये १० वटालाई खोलामा खसालिएको थियो। ती मध्ये ८ वटाको सकुशल उद्धार भयो । बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार पुलको एकतर्फको लठ्ठा चुडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ।

आवतजावत बन्द हुँदा बिहान दैलेखबाट अछाम आएका विद्यार्थीलाई घर फर्किन समस्या भएको छ । बिहान पुल चुडिँनु भन्दा पहिले विद्यालय पुगेका बालबालिक अहिले पुलको छेउमा जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्