Logo
Logo

एमाले कालीगण्डकीको ५५ सदस्यीय कमिटि गठन


2.2k
Shares

स्याङ्जा । नेकपा एमाले कालीगण्डकी गाउँ कमिटी स्याङ्जाको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । दोस्रो अधिवेशनले थापालाई अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले कमिटीको उपाध्यक्षमा गोकुल राना, सचिवमा एकनारायण न्यौपाने (प्रकाश) तथा उपसचिवमा रमेश भट्टराई र सीता रानासहित ५५ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । त्यस्तै, अधिवेशनले डम्बर रानाको संयोजकत्वमा लेखा आयोग गठन गरेको छ ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापा, जिल्ला कमिटी सचिव रामचन्द्र भट्टराईलगायतका नेताहरूले अधिवेशनमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्