Logo
Logo

आज चार संसदीय समितिको बैठक बस्दै


567
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।

सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्दैछ । तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक ११ः ३० बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्