Logo
Logo

जसपाको महाधिवेशन आजदेखि, उपेन्द्रले उद्घाटन गर्ने


2.3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज सोमबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।

दिउँसो १ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् भने एक लाख कार्यकर्ता पनि महाधिवेशनमा भाग लिने अनुमान गरिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने जसपाका नेता ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्