Logo
Logo

सुदूरपश्चिम सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी


1.8k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सोडारीले हाल सरकारमा सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउँदै आज मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केलगत्तै आज अन्तिम टुङ्गो लाग्ने उपनेता रावलको भनाई छ ।
उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम टुङ्गो लागिसकेको छ ।

माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस भएको छ भने एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस गरिएको छ ।

तर माओवादी र एमाले दुवैले अर्थ मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न नसकेको उनको भनाइ छ । मुख्यमन्त्री सोडारी भागबन्डा पु¥याउन मन्त्रालय फुटाएर भए पनि मन्त्रीमण्डल विस्तारको तयारीमा लागेका छन् ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले जेठ ३ गते विश्वासको मत लिएका थिए । उनलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा.तारा जोशीले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्