Logo
Logo

आजपाको निरन्तर दवावपछि फतुवाबिजयपुरले तिरिदियो स्थानीयको विद्युत महसुल


1.9k
Shares

काठमाडौं । फतुवाबिजयपुर नगरपालिकाले स्थानीय नागरिकको विद्युत महसुल तिरिदिएको छ । आम जनता पार्टी (आजपा)को निरन्तर दवावपछि नगरपालिकाले नगरभित्रका स्थानीयले तिर्न बाँकी दुई करोड ७५ लाख २३ हजार तीन सय सताइस रुपैयाँ विद्युत महसुल मौलापुर विद्युत प्राधिकरणमा बुझाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकील पालले आइतबार प्राधिकरण प्रमुख दिनेश कुमार यादवलाई ग्राहकहरुको विद्युत महशुलबापत दुई करोड ७५ लाख २३ हजार तीन सय सत्ताइस रुपैयाँको चक हस्तान्तरण गरेको बताए ।

केही महिना अगाडि मात्रै आम जनता पार्टीका नगर अध्यक्ष एवम मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई नगरका विभिन्न तहका नेताले निःशुल्क कर सहित १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएका थिए । प्रभु साह नेतृत्वको आजपाले देशको विभिन्न स्थानिय तहमा बिजुली र पानी निःशुल्क गराउन निरन्तर प्रयास गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्