काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रेस सल्लाहकारमा कमल रायमाझी नियुक्त भएका छन् ।
भैरहवामा रहेर रासस, समता टेलिभिजन, लुम्बिनी खबर पत्रिकामा कार्यरत रहेका पत्रकार रायमाझीलाई मुख्यमन्त्री महराले प्रेस सल्लाहकार बनाएका हुन् ।
प्रेस सेन्टरका नेता रहेका रायमाझीलाई सो जिम्मेवारी दिन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केही समयअघि मुख्यमन्त्री महरालाई सिफारिस गरेका थिए ।
रायमाझीले आफूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी पाएसँगै पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।