Logo
Logo

बझाङमा विपद् उद्धार अभ्यासका क्रममा बेहाेस भएका सशस्त्र जवानको मृत्यु


2.1k
Shares

काठमाडौं । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा अभ्यास गर्ने क्रममा बेहोस भएका केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत धामी बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी डीएसपी भरत शाहले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्